मानसिक स्वास्थ्य सम्बन्धि पालिकाहरुमा औषधि हस्तान्तरण

नेपाल जनजागरण मञ्चले यू.एम.एन. रुकुम पूर्व क्लष्टरसंगको साझेदारीमा रुकुम पूर्वमा संचालन गरिरहेको सामुदायिक रुपान्तरण परियोजना अन्तर्गत मानसिक स्वास्थ्य सम्बन्धि ४२ प्रकारको औषधि खरिद गरी रुकुम पूर्वका दुइ पालिकामा हस्तान्तरण गरेको छ ।
संस्थाले यसपूर्व जिल्ला स्तरमा मानसिक स्वास्थ्य सम्बन्धि निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरेको थियो । उक्त शिविरमा पहिचान भएका मानसिक स्वास्थ्य समस्याका सेवाग्राहीहरुलाई पालिका मार्फत प्रदान गर्न भुमे र पुथाउत्तरगंगा गाउँपालिकामा स्वास्थ्य शाखा संयोजक, जनस्वास्थ्य निरीक्षक तथा पालिकाका अन्य कर्मचारीहरूको सहभागिता उक्त औषधि हस्तान्तरण गरिएको छ ।
मानसिक स्वास्थ्य सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउने उद्देश्यले आवश्यक औषधिहरु हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Info

Address:

Copyright © 2022, N-PAF Nepal || Website By: All in One Media & IT Center Pvt.Ltd.