सामुहिक रुपमा हिउँदे तरकारीको बेर्ना उत्पादनको लागि टनेल निर्माण

नेपाल जनजागरण मञ्चले आठबिसकोट नगरपालिका वडा नं. १ र २ मा सामुहिक रुपमा तरकारीको बेर्ना उत्पादन गरि समुदायमा वितरण गर्ने हेतुले समुदायलाई टनेल सहयोग गरेको छ । हिउँदमा चिसोको कारणले हरियो तरकारी उत्पादन नहुने भएकोले समुदायको मागको आधारमा हिउँदमा पनि हरियो तरकारी उत्पादन गर्ने उदेश्यले टनेल सहयोग गरिएको हो ।

उक्त टनेल नेपाल जनजागरण मञ्चले फास्टेनएक्सन स्वीजरल्याण्डसंगको साझेदारीमा संचालन गरेको सामुदायिक खाद्य सरक्षा तथा सशक्तिकरण परियोजना अन्तर्गत सहयोग गरिएको हो । वडा नं. १ को रोकाजामा र उमखोला गरी दुई वटा र वडा नं. २ को पहाडामा २ वटा र स्याँलामा १ वटा गरी जम्मा ५ वटा टनेल वितरण गरिएको हो ।

परियोजनाका कर्मचारीहरुको प्राविधिक सहयोग र समुदायको अग्रसरतामा टनेल निर्माण गरिएको हो । टनेलमा समुदायले हिउँदे तरकारीहरुको बेर्ना उत्पादन गरेर हिउँद महिनामा पनि विभिन्न हरियो तरकारी उत्पादन भइ खाद्य तथा पोषण सुरक्षामा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Info

Address:

Copyright © 2022, N-PAF Nepal || Website By: All in One Media & IT Center Pvt.Ltd.