नेपाल जनजागरण मञ्च (N-PAF) ले यू. एम. एन. रुकुम पूर्व कलष्टरसंगको साझेदारीमा संञ्चालन गरेको सामुदायिक रुपान्तरण परियोजना (Pro-Act) अन्तरगत आ. ब.२०८०/८१ मा भुमे गाउपालिकामा सम्पन्न गरेका गतिबिधिहरुको स्थलगत अनुगमन गरिएको छ । अनुगमनको क्रममा जिबिकोपार्जन, मानसिक स्वास्थ्य, साना भौतिक संरचना, स्वास्थ्य संस्थामा उपकरण लगाएत क्षमता अभिवृद्धिको क्षेत्रमा गरेका कामहरुको अनुगमन गरिएको छ । उक्त कार्यमा रुकुम पूर्व जिल्ला समन्वय समितिका प्रमुख, भूमे गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, दातृ निकायका कार्यक्रम व्यवस्थापक, एन. प्याफका अध्यक्ष, सचिब र कर्मचारी, पत्रकार, जिल्ला स्वास्थ्य कार्यलयका प्रतिनिधि, भुमे गाउँपालिका स्वास्थ्य र कृषि शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मानसिक स्वास्थ्य समस्या भई उपचार पश्चात सुधार भएका लाभग्राहीहरुको पुनस्थापनाको लागि खुद्रा पसल, फलफूल खेति, बाख्रा र बङ्गुर पालन आदिमा परियोजनाले सहयोग गरेको छ । सहयोग प्राप्त गर्ने सबै व्यक्तिहरुले स्रोतको समुचित प्रयोग र परिचालन गरी व्यवसाय सुधारका साथै स्तरउन्नति उन्मुख रहेको अनुगनको क्रममा देखिएको छ । लाभग्राहीहरुले अनुगमण टोलिसंग कुराकानी गर्दा परियोजनाले उनिहरुलाई नयाँ जीवन दिएको अनुभूति समेत व्यक्त गरेका थिए ।
स्वास्थ्य संस्थाहरुमा मानसिक समस्या भएका व्यक्तिहरुको सघन उपचारको लागि निर्माण भएको मनोपरामर्श कक्ष, बर्थिङ सेन्टर व्यवस्थापन, स्तनपान कक्ष, खोप सेवाको लागि विभिन्न सन्देश तथा भित्ते लेखनको अवलोकन र मानसिक समस्या भएका व्यक्तिहरुको समुह र संजालसंग छलफल भएको थियो । उक्त परियोजनामा स्थानिय सरकारको पनि आर्थिक र प्राविधिक सहयोग रहेको र आगामि वर्षामा थप वृद्धि गर्ने कुरामा पालिकाका अध्यक्ष, उपाध्यक्षले प्रतिवद्धता गर्नुको साथै जिल्ला समन्वय समितिका प्रमुख ज्यूले संस्थाद्वारा संचालित कार्यक्रम प्रभावकारी रहेको र यो परियोजना अन्य क्षेत्रमा विस्तार गर्न सुझाव व्यक्त गर्नुभएको थियो ।