युनाइटेड मिसन टु नेपाल रुकुम पूर्व कलस्टर ( UMN ) र नेपाल जनजागरण मञ्च ( N-PAF ) द्वारा सञ्चालित सामुदायिक रुपान्तरण परियोजना कार्यक्रम अन्तर्गत भूमे गाउँपालिकालाई मानसिक स्वास्थ्य सँग सम्बन्धित ४ लाख ५७ हजार ९ सय २८ रुपैयाँकाे ११ प्रकारका स्वास्थ्य सामाग्री अन्तर्गतकाे ३६ मात्रा भएको स्वास्थ्य सामाग्री र थप मानसिक स्वास्थ्य समस्या भएका सेवा ग्राहीलाई सेवा प्रबाह गर्नका लागि स्थानीय स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग हाेस् भन्ने उदेश्यले एक लाख पाँच हजार ६ सय पचपन्न रुपैयाँ बराबरको मानसिक स्वास्थ्य सेवा रजिस्टर (Hmis 5.9) – १ सय ६८ पिस गरेर जम्मा पाँच लाख तिरसठ्ठी हजार पाँच सय ८३ रुपैयाँ बराबर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपाल जनजागरण मञ्च ( N-PAF ) ले मंगलबार एक कार्यक्रमका बीच भूमे गाउँपालिकाका अध्यक्ष हाेम प्रकाश श्रेष्ठलाई मानसिक स्वास्थ्य सँग सम्बन्धित उक्त स्वस्थ सामाग्री हस्तान्तरण गरिएकाे हाे ।
जनजागरण मञ्च रुकुम पूर्वका सामुदायिक रुपान्तरण परियोजना स्वास्थ्य अधिकृत हस्त भाग्री र जीविकोपार्जन परियोजना अधिकृत खिमसरा पुन मंगलबार गाउँपालिकामै पुगि गाउँपालिकाका अध्यक्ष हाेम प्रकाश श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
सहयोग गरेको स्वास्थ्य सामाग्री बुझ्दै भूमे गाउँपालिकाका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले युनाइटेड मिसन टु नेपाल रुकुम पूर्व कलस्टर ( UMN ) र नेपाल जनजागरण मञ्च ( N-PAF ) ले सिङ्गो भूमेली जनता तथा भूमे गाउँपालिका प्रति देखाएको याे सहयोग तथा सद्भावले स्थानीय सरकारलाई जनता सामु काम गर्न थप हौसला मिलेको र आगामी दिनमा पनि थप समन्वय तथा साझेदारी हुने विश्वास व्यक्त गर्नुहुदै धन्यवाद ज्ञापन गर्नुभएको छ ।
हाल भूमे गाउँपालिका काे चार वटा स्वास्थ्य संस्थाहरु महत, माेरबाङ, काँडा र चुन्बाङमा मनाेसामाजिक परामर्श कक्षा, बर्थिङ सेन्टरकाे काेठा मर्मत सम्भार लगायतको काम अब सम्पन्न हुने क्रममा रहेको छ ।