नेपाल जनजागरण मञ्चले आठबिसकोट नगरपालिका वडा न. १ र २ मा विभिन्न प्रकारका विरुवा वितरण गरेको छ । संस्थाले फास्टेनएक्सन स्वीजरल्याण्डसंगको साझेदारीमा आठबिसकोट नगरपालिका वडा नं. १ र २ मा संचालन गरिरहेको सामुदायिक खाद्य सुरक्षा तथा सशक्तिकरण परियोजना अन्तर्गत समुदायको मागको आधारमा र वडासंगको समन्वयमा कागतिको १५९२, टिमुरको २००, मौसमको २१७, पदम चाल्नोको ४१७, जग्रोको ४४१ र डालेघाँसको १३३ गरी कुल ३००० विरुवा वितरण गरेको हो ।
परियोजनाका फिल्ड कर्मचारीहरुको प्राविधिक सहयोगमा ५४५ घरधुरीहरुले वितरण गरेका विरुवाहरु लगाएका छन । केही कागतीका बिरुवा बाहेक अन्य सम्पुर्ण बिरुवाहरु परियोजनाको सहयोगमा स्थापना भएका बहुउदेश्यीय नर्सरीहरुबाट परियोजनाले खरिद गरी समुदायमा वितरण गरेको हो । ४ वटा बहुउदेश्यीय नर्सरीहरु परियोजनाको सहयोगमा समुदायमा स्थापना भएकोले समुदायमा आवश्यक पर्ने बिरुवा र प्रविधिक सहयोग समुदायले आवश्यकता अनुसार सहजै प्राप्त गर्न सक्दछन ।
विभिन्न प्रकारका विरुवाहरु वितरण गर्नुको मुख्य उदेश्य समुदायलाइ आत्मनिर्भर बनाई खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता गर्नु रहेको छ ।