प्रथम पटक प्रकाशित मिति – २०८१।०४।१० गते (25 July 2024) | |
सामाजिक रुपान्तरण तथा दिगो विकासको अवधारणा अनुसार महिला, बालबालिका तथा पछाडी पारिएका वर्गको उत्थान गरिवी निवारणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ लैगिंक, समावेशी र समता मुलक समाजको निर्माण गर्ने परिकल्पना लिई वि.स. २०६३ सालमा स्थापना भएको गैरसरकारी संस्था हो । संस्थाले महिला, बालबालिका, दलित, जनजाती, अपाङ्गता, गरिव, विपन्न, सिमान्तकृत तथा पिछडिएको वर्गहरुका लागि समुदाय स्तरमा स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य, स्वास्थ्य प्रर्णाली सुदृढिकरण, जीविकोपार्जन, संरक्षण, वातावरण तथा जलवायू परिवर्तन, प्रकोप ब्यवस्थापन, जनवकालत तथा पैरवी र शिक्षा क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गदै आईरहेको छ ।
यूनाईटेड मिसन टु नेपाल र नेपाल जनजागरण मञ्च रुकुम (पश्चिम) सँगको साझेदारीमा भुमे र पुथा उत्तरगंगा गाउँपालिकामा सञ्चालित सामुदायिक रुपान्तरण परियोजनाको लागि निम्न बमोजिमको शैक्षिक योग्यता भएका अनुभवी, दक्ष र इमान्दार कर्मचारीको आवश्यकता परेकोले तल उल्लेख भए बमोजिम नेपाली नागरिकहरुबाट दरखास्त आब्ह्रन गरिन्छ । |
|
पद (चौथो) | सामाजिक परिचालक (Social Mobilizer) |
संख्या | ०१ |
कार्यक्षेत्र | भुमे गाउँपालिका वडा नं. ६ र ७ |
शैक्षिक योग्यता तथा अनुभव | कम्तीमा अ.हे.व (Auxiliary Health Worker), अ.न.मी (Auxiliary Nurse Midwife)वा +2 शिक्षा संकाय (स्वास्थ्य) कक्षा उतिर्ण गरी सामाजिक परिचालक क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव भएको । मनोसामाजिक परामर्श तालिम लिएको तथा मानसिक स्वास्थ्य सम्वन्धी काम गरेको । |
आवश्यक ज्ञान र सिप | o समुह गठन, परिचालन एवम् दस्तावेजिकरण गर्न सक्ने ।
o वडा तथा स्थानिय तहका सरोकारवालाहरु (स्वास्थ्य संस्था, मनोसामाजिक समुह, विरामी, स्वास्थ्य आमा समुह, धार्मिक अगुवा, बाल क्लव, सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका, गैरसरकारी तथा सहयोगी नियमहरु) सँग समन्वय तथा सहकार्य गर्न सक्ने । o असल संचार र वकालत गर्न सक्ने सिप भएको । o समन्वय, सहजिकरण र सम्वन्ध विस्तार गर्न सक्ने सिप तथा अनुभव भएको । o समुदायसँग घुलमेल भई कार्य गर्न सक्ने तथा विभिन्न जाति, धर्म, संस्कार र लैगिंकता तथा बालसंरक्षण संवेदनशीलता सम्वन्धी ज्ञान भएको । o आधारभुत कम्प्यूटर र स्मार्ट फोन सम्वन्धी राम्रो ब्यवहारीक ज्ञान भएको । o अनिवार्य रुपमा कार्यक्षेत्र भित्रै बसोवास गरी काम गर्न इच्छुक भएको । o मासिक रुपमा सम्पन्न गरेका क्रियाकलापहरुको प्रतिवेदन तयार गर्न सक्ने । o पारदर्शिता, जवाफदेहिता र सुशासन सम्वन्धी ज्ञान भएको । o परियोजना क्षेत्रका दुर्गम स्थानहरुमा गई कार्यक्रम सञ्चालन गर्न सक्ने । o तालिम, गोष्ठी र नियमित घरभेटघाट गर्न सक्ने । |
सेवा सुविधा | संस्था तथा परियोजनाको नियमानुसार हुनेछ । |
छनौटको किसिम | लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता परिक्षा |
दरखास्त पेश गर्ने स्थान | संस्थाको केन्द्रिय कार्यालय मुसीकोट नगरपालिका १, सल्ले रुकुम (पश्चिम) वा संस्थाको फिल्ड कार्यालय भुमे गाउँपालिका २, सैपाङ रुकुम पूर्व |
दरखास्त दिने अन्तिम मिति | २०८१।०४।१६ गते (31 July 2024) कार्यालय समय भित्र । |