संविधानको परिवारमा खुसि छाएकोछ ।

रुकुम पुर्व जिल्लाको भुमे गाउँपालिका वडा ९ चुनवाङमा वस्ने श्री सविधान दमाई वर्ष १४ का स्थानीय निवासी हुन । उनी वुवा हिरे दमाई र आमा भिउमति दमाईवाट ३ छोरा छोरी मध्य सविधान दमाई जेठो छोरा हुन । दुई छोरा एक छोरी गरि जम्मा तीन जना छोरा छोरी छन । उनको पारिवारिक अवस्था एकदम नाजुक कम्जोर रहेको थियो । यिनिहरुले दैनिक गुजरा कृषी खेती र ज्याला मज्जदुरी गर्देै जिवन निर्वाह गरिहेका थिए । यस् तो अवस्थामा जिवन निर्वाह गरिरहेको समयमा सविधान दमाई १० वर्षको उमेरमा साथिहरुसगँ खेल्दा उनको दायाँको कुईनो लर्किएको थियो । तर उनलाई सामान्य चोट भनेर गाउँघरमा काव्रो वान्न लगाएको हुदाँ पछि उमेर वढ्दै जाँदा उनको हात वाङ्गो भयो । जसले गर्दा उनले सो हातले कुनै पनि काम गर्न असहज हुने र हात दुख्दै गयो । हात सिधा नहुने विद्यालयमा साथिहरुले जिस्काउने र समुदाय स्तरमा छिमेकीहरुले पनि जिस्काउने यसले गर्दा उनलाई पठन पाठनमा समस्या भईरहेको थियो । यसरी उनलार्ई उपचार गर्न वुवाले जिल्ला अस्पताल लगे तर त्यस स्वास्थ्य संस्थाले उपचार गर्न सम्भव भएन स्वास्थ्य संस्थाले जिल्ला वाहिर लिनुहोस भनेर सल्लाहा सुझाव दिए तर उनिहरुको आर्थिक स्तर कम्जोर भएको हुदाँ जिल्ला वाहिर उपचार गर्न अवस्था थिएन । उनिहरुलाई दैनिक रुपमा जिवन निर्वाह गर्न नै धौ धौ परेको थियो । यसरी जिवन निर्वाह गरिरहेको अवस्थामा यु.एम.एन.को आर्थिक सहयोगमा नेपाल जनजागरण मञ्चले संचालन गरेको अपाङ्गता पुर्नस्थापना कार्यक्रम अन्तर्गत शारिरीक अपाङ्गता भएका बालबालिकाहरुको पहिचान शिविर संचालन गर्दा उनलाई उहाँको वुवाले ल्याउनु भयो यसवाट उनलाई छनौट गरि उनलाई उपचार गर्न वनेपा बाल अस्पतालमा पठाईएको थियो । त्याहाँ उनका हातकोे अप्रेशन भयो । अप्रेशनमा एक महिना १४ दिन वनेपा बाल अस्पतलामा वसि घर फर्किए अहिले उपचार तथा अप्रेशन पश्चात उनका हातमा सुधार आए पछि उनले विद्यालय जाने र साथिहरुसगँ खेल खेल्ने गरेका छन । उनको पहिलेको भन्दा सुधार आई नियमित आपनो गर्न सकिने दैनिक जिवनका कार्यहरु सहज रुपमा गर्न सफल भएको देखेर उनका परिवारमा खुसीयाली छाएकोछ । उनी र उनीको परिवारले खुसी हुदै भन्छन । हाम्रो छोरा हात सुधार हुन्छ भनेर सोचेका थिएनौ । तर तपाईहरुको संस्थाको सहयोगले हाम्रो छोराकोे जिवनमा सुधार आयो । हाम्रो छोरा जस्तै समुदायमा थुप्रै बालबालिकाहरु होलान उनिहरुलाई पनि सहयोग गरेर उनिहरुको जिवन सुधार गर्नमा सहयोग गर्नुहोला । साथै हाम्रो छोराको जिवन सुधार गरि उनिहरुलाई शिक्षा प्रदान गर्न हरेक समयमा लागि परि उनिहरुको भविस्य उज्वल वनाउन हामी सधै लागिरहन योजना रहेकोछ भन्छन संविधान दमाईका परिवारहरुले ।
श्री निदान वुढा
फिल्ड सुपरभाईजर