उत्साह र आत्मवल पलाएको जिन्दगी

रुकुम पुर्व जिल्ला भुमे गाउँपालिका वडा नं.३ मा वस्ने वर्ष २२ की प्रेमिका सुनार स्थानीय वासिन्दा हुन । उनको विवाह १८ वर्षको उमेर भएको थियो । विवाह भएको चार वर्ष पुग्दा पनि वच्चा भएको छैन र उनका सासु ससुराले राम्रो मान्दैनन जसले गर्दा उनि र उनका लोक्न मात्र घरमा वस्ने गर्दछन । सासु ससुराले पनि कुनै काम काज अन्य परिवारमा गर्नु पर्ने सहयोग तथा व्यवहार गर्दैनन । साथै उनलाई सासु ससुराले मन नपराएको बुहारी जस्तो महसुस भएकोछ । उहाँलाई लोक्ने भने सहयोग गर्नुहुन्छ । साथै उहाँलाई समुदायका मानिसहरुले पनि अहिले सम्म वच्चा पाएको छैन भनेर अपेहेला गरेको कुराहरु काटेको महसुुस उहाँले गर्नुहुन्छ । साथै समुदाय स्तरमा धामी झाँक्रिलाई हेराउँदा वोक्सी लागेकोछ त्यसकारण वच्चा हुदैनन भनेका रहेछन उहाँले विभिन्न अस्पतालमा पनि चेक गर्नु भएको रहेछ तर लोक्न र स्वास्नी दुवैको कुनै पनि समस्या नभएको रिपोर्ट प्राप्त भएको रहेछ तर उहाँको मनमा चिन्ताले दिन प्रतिदिन खेलिरहेको रहेछ ।

यसै समयमा यु.एम.एन.रुकुम पुर्व क्लष्टरको आर्थिक सहयोगमा नेपाल जनजागरण मञ्च रुकुमले संचालन गरेको ब्यभ् अन्तर्गत संरक्षण कार्यक्रम अन्तर्गत समुदाय स्तरमा हिंसा सम्वन्धी काम गर्नका लागि महिला समुह गठन गर्दा उहाँनै महिला समुहको अध्यक्षमा वस्ने अवसर पाउनु भयो । जसले गर्दा यस कार्यक्रमवाट नियमित समुहमा हुने हिंसा र लिङ्ग र लैङ्गिकता सम्वन्धी शेसनमा सहभागी हुन पाई हिंसा र लिङ्ग र लैङ्गिकता वारे जानकारी पाउनु भएको थियो । साथै हिंसा सम्वन्धी अवलोकन भ्रमणमा जान अवसर पाए पछि उहाँले हिंसाका प्रकार र यस सम्वन्धी जानकारी लिई सोही अनुसार समुदाय स्तरमा हिंसा सम्वन्धी जानकारी दिने र आपनो घर परिवार,सासु ससुरालाई भेट गर्ने र सहयोग गर्न साथै मेरो बच्चा अहिले नभए पनि एकदिन अवश्य हुन्छ भनेर सासु ससुरालाई भन्ने र समुदायमा रहेका व्यक्तिहरुलाई पनि यस सम्वन्धी सचेतना गर्ने । मैले यसरी संस्थाले हिंसा र लिङ्ग र लैङ्गिकता वारे जानकारी तथा क्षमता विकास गर्दा मैले मेरो परिवार र समुदाय स्तरमा सचेतना र जानकारी दिन सक्ने भएकोछु । साथै मेरो आत्मवल वढेकोछ र म मेरो सासु ससुरासगँ सँगै वस्ने ईच्छा रहेकोछ । मैले समुदायमा हुने हिंसा वारे जानकारी लिई सोही अनुसार समाधान गर्नमा निरन्तर सहयोग गर्नेछु भन्छीन प्रेमिका सुनार ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Info

Address:

Copyright © 2022, N-PAF Nepal || Website By: All in One Media & IT Center Pvt.Ltd.